पर्दा पछाडिको अमुल्य सीप - हाउसकिपिङ (Housekeeping)

आतिथ्य सत्कारको ब्यबसाय आगन्तुक तथा पाहुनाको खुशी र सन्तुष्टिमा निर्भर रहन्छ। जति नै महँगो र राम्रो अनि आधुनिक कोठानै किन नहोस् पाहुना तब सम्म प्रभावित हुदैनन् जब सम्म कोठा सफा र आरामदायी हुदैन। हाउसकिपिङ कर्मचारी यो सम्पुर्ण सरसफाइ तथा आरामदायी सेवाको लागि जिम्मेवार रहन्छन्। उनिहरु कोठा मात्र नभई सम्पुर्ण होटलकै सफाइ तथा सुरक्षित वातावरणको विशेष ध्यान राख्दछन्। सुरुको अनुभवी छाप जस्ले होटलको इज्जत र मर्यादा कायम राख्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ, जस्ले पर्दा पछाडीको जिम्मेवारि पूरा गर्छन् र उत्साहजनक स्वागत योग्य कार्य गर्छ हो हाउसकिपिङ जस्तो महत्त्वपूर्ण बिभाग जसलाई ओझेलमा पारिन्छ आज त्यही सेरोफेरोमा बिश्लेषण गरौ ।

यस बिभागका केहि महत्त्वपूर्ण कार्य जुन अपरिहार्य छन्;
१. सम्पुर्ण क्षेत्रको सुरक्षित सफाइ।
२. उपकरणको कार्य क्षमता बनाइराख्ने।
३. आरामदायी र सान्त्वना योग्य कोठाको ब्यबस्थापन।
४. पाहुनाको गोपनियता
५. सामानको मर्मत तथा सम्भार।

हाउसकिपिङ बिभाग आफैमा ब्यापार केन्द्र त हैन तर यसले ब्यापारको सम्भावित थप आयआर्जनमा उल्लेख्य योगदान पुर्याउछ। जस्तै लुगा धुने (Laundry), इस्त्री लगाउने (Ironing), लुगाको सुख्खा सफाइ (Dry Cleaning), मिनि बार लगायतको सुबिधाबाट मनग्य आम्दानीको श्रोत बन्न सक्छ। 

सामन्यता, हामीले खर्च गर्ने बिधामा होटलमा धेरै हेरिने भनेकै सरसफाइ रहने गर्छ। जहाँ राम्रो सफाइ तथा सुरक्षाको अनुभुती गरिदैन त्यस बापत कुनै पनि सुबिधाहरु प्रयोग तथा उपयोगमा आउला भनेर सोच्नै पर्दैन। हामी प्राय होटल सम्झिदा धेरै जसो खाना र त्यो संगै संबंधित कार्यमात्र सम्झिन्छौ तर हाउसकिपिङको जुन भुमिका हुन्छ याद पनि गर्दैनौ। 

यस्तै आवश्यकता र मागको दोहोरो च्यापमा होटल ब्यबस्थापन हाल निकै सतर्क रहेको पाइन्छ। यस्तै माग अनि आपूर्तिको मेलमिलापलाई हामी गेट भोकेशनलले हाउसकिपिङ संबंधित छोटो व्यावसायिक तालिमहरु प्रदान गर्दै आइरहेका छौ। यदि तपाईंहरु पनि यस व्यावसायिक तालिमको राम्रो उपयोग र अवसर आफैलाइ दिन चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस् ।

गेट भोकेशनल फ्याब स्कुल
पोखरा-२२, गण्डकी प्रदेश
पातले छाङो डेभिज फल्सबाट ३ किमि पश्चिम 
०६१-६२०३६४
fab@gate.edu.np

Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

A Volunteer Journey to FAB School from the UK