Posts

Showing posts with the label Hotelier

आतिथ्य तथा पर्यटन ब्यबसायिक पेशा र जीवनवृतिका लागि अपरिहार्य सिपहरु

Image
आतिथ्य तथा पर्यटन क्षेत्र भनेको नेपालको बहुआयामिक परिचय दिने एउटा व्यवसायिक क्षेत्र हो। नेपाललाई सांस्कृतिक, भाषिक, सामाजिक र भूगोलको पृष्ठभूमिमा रहँदै गर्दा, विभिन्न राष्ट्रिय तथा अन्ताष्ट्रिय स्तरको चिनारी दिने एउटा उल्लेखनीय योगदान दिने क्षेत्र पनि हो भन्दा खासै असर पर्दैन। कृषि पछि सबै भन्दा अब्बदर्जाका रुपमा हेरिने आतिथ्य तथा पर्यटन व्यवसाय, नेपालको अर्थन्त्रलाई सुदृढ, सुचारु र चलायमान राख्ने एउटा संयन्त्र पनि हो। विगतको दुई दशकलाई मात्र हेर्ने हो भने सोही क्षेत्रमा उल्लेखनीय लगानी र यसको व्यवसायिक लोकप्रियता निकै उत्साहजनक छ।  ग्रामीण तथा सहरी दुवै पर्यटन र त्यसलाई चाहिने आधारभूत संरचना पछिल्लो अवस्थामा निकै चाखलाग्दो वृद्धि भएको देखिन्छ। बाटो, बत्ती लगायतका न्यूनतम आवश्यकता केही हद सम्म विकास भएको नै छ । तर भौतिक विकास र संरचना वृद्धिले मात्र यसको गुणस्तर, उपभोग्यस्तर र आकर्षण बनाउन कदापि सक्दैन। त्यसैले यसलाई भौतिक संरचना अनुकूल मात्र हैन मानव संसाधन र त्यसको समयानुकूल क्षमता अभिवृद्धिमा पनि त्यतिकै ध्यान पुर्याउनु पर्ने देखिन्छ।  नेपाल आफैमा एउटा भूगोल, इतिहास र संस्क...

नदेखेको सपना पनि खुशीको साहारा बन्यो - पुर्ण यात्रा

Image
माछापुच्छ्रे गाउँपालिका, कालिमाटि जहाँ बाट मार्दी हिमालको शिर भेटिन्छ त्यहीँ मुलको पानी पिउदै हुर्केका पुर्ण भक्त दहाल जसलाई प्रेम भनेर पनि पोखराको होटल तथा रेस्टुराँको बजारले चिन्दछन् सायद केही गर्छु भन्ने सोच र हौसला नहुदो हो त सबै कुरा कथा जस्तो हुन्थ्यो होला।  एउटा सामान्य बर्गको परिवारमा हुर्केका दहाल सानै देखि लाउरे बन्ने सपना देख्दै गर्दा, आज एउटा होटलको सेफ बन्नुको छुट्टै अनुभव सुनाउनहुन्छ । उमेरले १८ पुग्दा भिडेको लाउरेको असफलता र त्यहि चोट बोकेर मेटलको पनि काम सम्झिदै जीवनको सुरुवाती बेकरी तालिमले कता कता आगाडिको यात्रा अलमलिएको  हो कि पनि लागेको रमाइलो पल सम्झन्छन्। बाबाले बिदेश जानु बरु लगानि गर्दिन्छु तर स्वदेशमै केही गर्न सकिन्न भनेर भनेको त्यो दिन सम्झिदा, १६० रुपैयाँ एकदिनको खेत जोतेर पाएको ज्याला आफैले गुजारा गरेर पोखरा झरेको हिजो जस्तो लाग्छ। सायद बाबाको असहयोग पनि मेरो जीवनमा आफै केही गर्नु पर्छ एउटा भन्ने तितो पाठ थियो जस्ले गर्दा केही आटे केही बन्न वा पाउन सकिन्छ भन्ने मनोबल प्राप्त भयो। बेकरीको पेशामा केही समय अनुभव बटु...