Posts

Showing posts from May, 2022

नेपाल राष्ट्र बैंकको कार्यालय सहायक स्तरको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय सहायक र रिस व्यवस्थापनको तालिम सम्पन्न

Image
नेपाल राष्ट्र बैंकको कार्यालय सहायक तहको सम्पूर्ण कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय व्यवस्थापन तथा रिस व्यवस्थापनको एक दिने तालिम सम्पन्न भएको छ।  विगत लामो समय देखि कार्यरत कर्मचारीलाई यस्तो व्यवसायिक तालिमले थप उर्जा दिनुको साथै उच्च मनोबल पनि प्रदान गर्ने कुरा तालिमको प्रशिक्षक विवेक पौडेलले जानकारी दिनु भयो। कार्यालयमा गरिने दैनिकी कामको सहजता तथा कौशलता पूर्वक सम्पन्न गर्ने अनुभव प्रशिक्षण लिने मौका मिलेकोमा सम्पूर्ण प्रशिक्षार्थी कर्मचारी निकै खुशी रहेको कुरा अधिकांश कर्मचारीबाट व्यक्त भयो। यस एक दिने तालिममा कार्यालयको विभिन्न कार्य शैलीको कौशलता का साथै क्रोध अनि रिस व्यवस्थापनको शीर्षकमा रहेर कार्यक्रम सम्पन्न भयो। 

बिदेशी पाहुनाले पकाए नेपाली खाना !!

Image
पोखरा। विगत लामो समय देखि आतिथ्य सत्कार तथा पर्यटन क्षेत्रमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको गेट भोकेशनल फ्याब स्कूलले विश्वका विभिन्न देशका पाहुनाहरुलाई निम्तो दिएर थुप्रै कार्यक्रमहरु संचालन गर्ने गरेको छ।  फ्याब स्कुलले पाहुनालाई आमन्त्रण मात्रै हैन यहाँ नेपाली खाना तथा संस्कारको महत्व झल्कने बिभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।  अन्तराष्ट्रिय पाहुनालाई नेपाली खाना पस्किने मात्र हैन कि नेपाली खान बनाउन पनि सिकाउने उद्देश्यका साथ यस्ता कार्यक्रममा जोड दिने गरेको छ। उपस्थित विद्यार्थीको हकमा पर्यटन उद्योगमा जानु अघिनै वास्तविक पाहुनाको स्वागत र सेवा गर्न पाउने अवसरले पछिको दिनमा व्यवसायिक कौशलता अझै अर्को स्तरमा सुधार हुने गरेको छ।  नेपाल आएर यहाको पर्यटन तथा संस्कृति मा उल्लेख्य योगदान दिन पाएकोमा अन्तराष्ट्रिय पाहुना धेरै खुशी हुने कुरामा दुई मत नैं छैन।  गेट भोकेशनल फ्याब स्कूलको यस्तै उदाहरणिय कामको निरन्तरता दिने ऊर्जा अझै हौसाउन विभिन्न संस्था, होटल र रेस्टरेन्टहरु सधैं सहयोगको लागि तत्पर छन्। फ्याब स

नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको तालिम

Image
नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई सचिवालय प्रशिक्षण कार्यक्रम अन्तर्गत व्यवसायिक शिष्टाचारको शीर्षकमा पोशाक, खानपान तथा सभा सम्मेलन शिष्टाचार विषयमा एक दिने कार्यशाला सम्पन्न भयो। नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक श्री किरण पण्डित ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेट भोकेशनल फ्याब स्कूलको महा प्रबन्धक श्री विवेक पौडेल द्वारा कार्यक्रमलाई सहजीकरण गरिएको थियो। पोशाक सम्बन्धी जानकारी, लगाउने त्रौतरिका अनि कार्यक्रम लक्षित विशेष पोशाकको ज्ञानका साथै सभा सम्मेलनमा हुँदा चाहिने आवश्यक प्रक्रिया, प्रणाली र सँगै खानपिन सम्बन्धी शिष्टाचारको बारेमा कार्यशाला केन्द्रित थियो।  सम्पूर्ण उपस्थित कर्मचारीलाई यस तालिम तथा अभिमुखकरण कार्यशालाले आगामी दिनमा विभिन्न कार्यक्रममा सहभागी हुँदा अपनाउन पर्ने शिष्टाचारको राम्रो अभ्यास हुने कुरामा विश्वस्त हुन पाएकोमा खुशी व्यक्त गर्दै निर्देशक पण्डित ज्यूले शुभकामना तथा धन्यवाद प्रदान गर्नु भयो।