फ्याब कथा - वसन्त पहारी
गेट भोकेसनल फ्याब स्कुल : अनुभव २०७५ सालको गर्मि मौसममा हिमालय प्याभिलियन्स रिसोर्ट नजिकै फुस्रेखोलामा पौडी खेल्न जाँदा बाटोमा सधैंजसो गेट भोकेसनल लेखेको बोर्डमा आँखा परिरहन्थ्यो। बाटोबाट केही दृश्य देखिएता पनि भित्रको वातावरण प्रती पुरै अनभिज्ञ नै थिए । २०७६ साल असोज महिनामा गेट भोकेसनलका सोसल अम्बेसेडर आश्विन कार्कीको प्रस्तावमा नेपाल युवा परिषद, गण्डकी प्रदेशको नियमित मासिक बैठक त्यही राख्ने पक्का भयो। बैठक पश्चात् गेट भोकेसनलका महा प्रबन्धक आदरणिय विवेक पौडेल दाइले परिचयात्मक भिडियो देखाएपछी गेटले गरेका कार्यक्रमबाट समाज र व्यक्तिमा आएका परिवर्तनसँग साक्षात्कार भयौं। गेट भोकेसनलले विगत दुई वर्ष देखि निम्नवर्गिय, पुर्व सडक बालबालिका, पढाइ छुटेका १८-२४ उमेर समुहका युवायुवतीलाई छात्रवृत्ति तथा विशेष छुटका साथ होटल व्यवस्थापन सम्बन्धी शिक्षा र सिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ। तालिम सकिएपछी नेपाल र विदेशका विभिन्न होटलमा विद्यार्थीहरुले अहिले जागिर गर्दै आफ्नो सोच र परिवारको आर्थिकस्तरमा परिवर्तन गर्न सफल भएका छन। गेटमा आउने हरेक अतिथिलाई सत्कार र खानाका परिक...