Posts

Showing posts with the label Positivity

आतिथ्य तथा पर्यटन ब्यबसायिक पेशा र जीवनवृतिका लागि अपरिहार्य सिपहरु

Image
आतिथ्य तथा पर्यटन क्षेत्र भनेको नेपालको बहुआयामिक परिचय दिने एउटा व्यवसायिक क्षेत्र हो। नेपाललाई सांस्कृतिक, भाषिक, सामाजिक र भूगोलको पृष्ठभूमिमा रहँदै गर्दा, विभिन्न राष्ट्रिय तथा अन्ताष्ट्रिय स्तरको चिनारी दिने एउटा उल्लेखनीय योगदान दिने क्षेत्र पनि हो भन्दा खासै असर पर्दैन। कृषि पछि सबै भन्दा अब्बदर्जाका रुपमा हेरिने आतिथ्य तथा पर्यटन व्यवसाय, नेपालको अर्थन्त्रलाई सुदृढ, सुचारु र चलायमान राख्ने एउटा संयन्त्र पनि हो। विगतको दुई दशकलाई मात्र हेर्ने हो भने सोही क्षेत्रमा उल्लेखनीय लगानी र यसको व्यवसायिक लोकप्रियता निकै उत्साहजनक छ।  ग्रामीण तथा सहरी दुवै पर्यटन र त्यसलाई चाहिने आधारभूत संरचना पछिल्लो अवस्थामा निकै चाखलाग्दो वृद्धि भएको देखिन्छ। बाटो, बत्ती लगायतका न्यूनतम आवश्यकता केही हद सम्म विकास भएको नै छ । तर भौतिक विकास र संरचना वृद्धिले मात्र यसको गुणस्तर, उपभोग्यस्तर र आकर्षण बनाउन कदापि सक्दैन। त्यसैले यसलाई भौतिक संरचना अनुकूल मात्र हैन मानव संसाधन र त्यसको समयानुकूल क्षमता अभिवृद्धिमा पनि त्यतिकै ध्यान पुर्याउनु पर्ने देखिन्छ।  नेपाल आफैमा एउटा भूगोल, इतिहास र संस्क...

स्वस्थलाई प्रतिभाको रुपमा हेर्नुहोस्।

Image
स्वस्थ अभ्यास गर्ने उत्तम तरिका भनेको यसलाई प्रतिभाको रुपमा लिनु हो जुन स्थिर बिकास र निरन्तर अभ्यासको आवश्यक पर्दछ। जस्तै उदाहरणको लागि तपाई कुनै नृत्य नाचलाई लिनुहोस्। सबै जना कुनै न कुनै तरिकाले नाचीरहेका हुन्छन् चाहे त्यो ढंगको होस् वा हेर्दै पेट मिचेर हास्ने। निरन्तर जस्ले अभ्यास गर्छ उस्ले प्रगति गर्छ। स्वस्थमा पनि सोही अनुरुप हुन्छ। कोहि जन्मिदै रोगी जन्मन्छन् भने कोहि हर्ताकर्ता।जो रोगि हुन्छ उस्ले आफ्नो जीवन निकै कष्टकर बिताएको पक्कै हुन्छ। उनिहरु सम्पुर्ण जीवन दुर्बल अशक्त रहि संघर्षमै बिताउन बाध्य हुन्छन् । तर कोहि जन्मदै जब्बर भएर पनि जन्मिन्छन् जसलाई बुढेसकालसम्म पनि कुनै रोगले सताउदैन। र धेरै जस्तो हामी यहि दुई उदाहरणीय जीवनको मध्यान्तरमा बाची रहेका हुन्छौ। तर हामी हाम्रो स्वस्थलाई भएको अवस्था भन्दा केही सुधारहरु भने पक्कै स्वागत गर्न सक्छौ।  स्वस्थ जीवनको नियमहरु निकै साधारण छन् । सबै कुरा संयममा गर्नु पर्छ। चिनीजन्य र प्रसोधन गरिएको खानाबाट बच्नुपर्छ। निद्रा पर्याप्त प्राप्त हुनु पर्छ। दैनिक ब्यायाम अनि दिनमा कम्तीमा एक पटक पसिना आउने काम गर्...