स्वस्थलाई प्रतिभाको रुपमा हेर्नुहोस्।
स्वस्थ अभ्यास गर्ने उत्तम तरिका भनेको यसलाई प्रतिभाको रुपमा लिनु हो जुन स्थिर बिकास र निरन्तर अभ्यासको आवश्यक पर्दछ। जस्तै उदाहरणको लागि तपाई कुनै नृत्य नाचलाई लिनुहोस्। सबै जना कुनै न कुनै तरिकाले नाचीरहेका हुन्छन् चाहे त्यो ढंगको होस् वा हेर्दै पेट मिचेर हास्ने। निरन्तर जस्ले अभ्यास गर्छ उस्ले प्रगति गर्छ। स्वस्थमा पनि सोही अनुरुप हुन्छ। कोहि जन्मिदै रोगी जन्मन्छन् भने कोहि हर्ताकर्ता।जो रोगि हुन्छ उस्ले आफ्नो जीवन निकै कष्टकर बिताएको पक्कै हुन्छ। उनिहरु सम्पुर्ण जीवन दुर्बल अशक्त रहि संघर्षमै बिताउन बाध्य हुन्छन् । तर कोहि जन्मदै जब्बर भएर पनि जन्मिन्छन् जसलाई बुढेसकालसम्म पनि कुनै रोगले सताउदैन। र धेरै जस्तो हामी यहि दुई उदाहरणीय जीवनको मध्यान्तरमा बाची रहेका हुन्छौ। तर हामी हाम्रो स्वस्थलाई भएको अवस्था भन्दा केही सुधारहरु भने पक्कै स्वागत गर्न सक्छौ। स्वस्थ जीवनको नियमहरु निकै साधारण छन् । सबै कुरा संयममा गर्नु पर्छ। चिनीजन्य र प्रसोधन गरिएको खानाबाट बच्नुपर्छ। निद्रा पर्याप्त प्राप्त हुनु पर्छ। दैनिक ब्यायाम अनि दिनमा कम्तीमा एक पटक पसिना आउने काम गर्...