Posts

Showing posts with the label #Gatevocational #fabschool #ChefBishnu #Bakery #Pokhara

बिष्णुको बेकारीको तातो यात्रा

Image
दोलखाको शैलुङ गाउँपालिकामा जन्मेर हुर्केको एउटा कथा बिष्णुको आफैमा उदाहरणीय छ। बालखा र युवा अवस्था गाउँमै राम्रो बुझेको अनुभव उनको काठमाडौंको सहरी जीवन सम्म आइपुग्दा अलि फरक र पृथक रहेको छ।  बेकारिको बारेमा थोरै ज्ञान भएपनि पूर्ण जानकारी खासै थिएन, तर जीवनउपयोगी सीप हातमा हुँदा परिवर्तन आफैमा संभव छ भन्ने जीवन्त उदाहरण हो विष्णु।  जीवनको यात्रा सफलता तर्फ मोड्नलाई केही न केही सीप हातमा चाहिने कुरा उहाले काठमाडौंको बसाइमा राम्रो सँग बुझ्नुभयो। बेकरीमा नौलो अनुभव बटुल्दै गर्दा विष्णुलाई हरेक दिन एउटै प्रश्नले पिरोलिरहन्थ्यो, त्यो हो भविष्य कसरी बनाउने? सायद अहिले प्राय युवाको दैनिकीको प्रश्न पनि यस्तै यस्तै होला।  २०६९ सालमा केही सीप हातमा चाहिने आवश्यक प्रक्रिया पूरा गर्न मन्दिखाटारमा अवस्थित गेट कलेजमा बेकरीमा तालिम लिने अवसर जुराएका उनले तालिम पश्चात कहिल्लै पछि फर्किएर हेर्नु परेन। तत्काल सानेपा स्थित साब्री रेस्टुेन्टमा जागीरको लागि छिर्नुभएका विष्णु त्यस पश्चात ७ वर्ष मिठो अनुभव बटुल्दै काम को आनन्द लिएर बस्नुभयो।   स्वदेशमै बसेर पनि विदेशी प्रशिक्षकहरु सँग ...