परिवर्तन - नेपालगन्ज देखि पोखरासम्मको एउटा कुशल यात्रा
म कुनै एक आम नेपाली युवक भन्दा भिन्न थिइन, एक औसत र सामान्य परिवारमा हुर्केको केटा अलि पर सम्म सोच्दा वैदेशिक रोजगारीको अन्कुशले कता कता च्याप पारिसकेको साधारण बेरोजगार। समयको माग अनि सामाजिक दबाबको केही न्युनतम परिधिभित्र बाधिएका मेरा कदम केही गर्छु भन्ने सोच धेरै पटक असफल यात्राको हिडाइमा हिडिसकेको थियो। सोही गन्तव्यहिन गोरेटो हिँड्दै गर्दा गेट भोकेशनल कलेज नेपालगन्ज ब्यबहारिक शिक्षाको नयाँ पृष्ठभुमि सृजना गरेको भन्ने जानकारी पाए। हातमा सीप हुदो हो त म पनि केही गरिनै हल्छु भन्ने सोच त बनाएकोनै थिए तर एक पटक यो फरक धारको शिक्षा प्रणाली आफैमा प्रयोग गर्ने सोच बनाए। पढ्ने रहर त कफि बरिस्टाको थियो तर बेकरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रै माग छ भन्ने कुरा विभिन्न स्रोतबाट मिल्यो। कलेजका प्रबन्ध बिबेक पौडेल सर संग सल्लाह तथा सुझाव लिएर बेकरीको पढाइ सुरु गरेको केही हप्तामा नै मैले सोल्टी वेस्टइन्ड प्रिमियर पाच तारे होटलको प्राय जसो सबै बेकरीको उत्पादन गर्ने सुबर्ण अवसर पाए। दोहोरो ब्यबहारिक सीप तालिमको प्रत्यक्ष अनुभव लिदाको त्यो समय मेरो लागि जति चुनौतीपूर्ण रह्यो...