Posts

Showing posts from January, 2022

आतिथ्य तथा पर्यटन ब्यबसायिक पेशा र जीवनवृतिका लागि अपरिहार्य सिपहरु

Image
आतिथ्य तथा पर्यटन क्षेत्र भनेको नेपालको बहुआयामिक परिचय दिने एउटा व्यवसायिक क्षेत्र हो। नेपाललाई सांस्कृतिक, भाषिक, सामाजिक र भूगोलको पृष्ठभूमिमा रहँदै गर्दा, विभिन्न राष्ट्रिय तथा अन्ताष्ट्रिय स्तरको चिनारी दिने एउटा उल्लेखनीय योगदान दिने क्षेत्र पनि हो भन्दा खासै असर पर्दैन। कृषि पछि सबै भन्दा अब्बदर्जाका रुपमा हेरिने आतिथ्य तथा पर्यटन व्यवसाय, नेपालको अर्थन्त्रलाई सुदृढ, सुचारु र चलायमान राख्ने एउटा संयन्त्र पनि हो। विगतको दुई दशकलाई मात्र हेर्ने हो भने सोही क्षेत्रमा उल्लेखनीय लगानी र यसको व्यवसायिक लोकप्रियता निकै उत्साहजनक छ।  ग्रामीण तथा सहरी दुवै पर्यटन र त्यसलाई चाहिने आधारभूत संरचना पछिल्लो अवस्थामा निकै चाखलाग्दो वृद्धि भएको देखिन्छ। बाटो, बत्ती लगायतका न्यूनतम आवश्यकता केही हद सम्म विकास भएको नै छ । तर भौतिक विकास र संरचना वृद्धिले मात्र यसको गुणस्तर, उपभोग्यस्तर र आकर्षण बनाउन कदापि सक्दैन। त्यसैले यसलाई भौतिक संरचना अनुकूल मात्र हैन मानव संसाधन र त्यसको समयानुकूल क्षमता अभिवृद्धिमा पनि त्यतिकै ध्यान पुर्याउनु पर्ने देखिन्छ।  नेपाल आफैमा एउटा भूगोल, इतिहास र संस्कृतिले धनी