आतिथ्य तथा पर्यटन ब्यबसायिक पेशा र जीवनवृतिका लागि अपरिहार्य सिपहरु

आतिथ्य तथा पर्यटन क्षेत्र भनेको नेपालको बहुआयामिक परिचय दिने एउटा व्यवसायिक क्षेत्र हो। नेपाललाई सांस्कृतिक, भाषिक, सामाजिक र भूगोलको पृष्ठभूमिमा रहँदै गर्दा, विभिन्न राष्ट्रिय तथा अन्ताष्ट्रिय स्तरको चिनारी दिने एउटा उल्लेखनीय योगदान दिने क्षेत्र पनि हो भन्दा खासै असर पर्दैन। कृषि पछि सबै भन्दा अब्बदर्जाका रुपमा हेरिने आतिथ्य तथा पर्यटन व्यवसाय, नेपालको अर्थन्त्रलाई सुदृढ, सुचारु र चलायमान राख्ने एउटा संयन्त्र पनि हो। विगतको दुई दशकलाई मात्र हेर्ने हो भने सोही क्षेत्रमा उल्लेखनीय लगानी र यसको व्यवसायिक लोकप्रियता निकै उत्साहजनक छ। 
ग्रामीण तथा सहरी दुवै पर्यटन र त्यसलाई चाहिने आधारभूत संरचना पछिल्लो अवस्थामा निकै चाखलाग्दो वृद्धि भएको देखिन्छ। बाटो, बत्ती लगायतका न्यूनतम आवश्यकता केही हद सम्म विकास भएको नै छ । तर भौतिक विकास र संरचना वृद्धिले मात्र यसको गुणस्तर, उपभोग्यस्तर र आकर्षण बनाउन कदापि सक्दैन। त्यसैले यसलाई भौतिक संरचना अनुकूल मात्र हैन मानव संसाधन र त्यसको समयानुकूल क्षमता अभिवृद्धिमा पनि त्यतिकै ध्यान पुर्याउनु पर्ने देखिन्छ। 

नेपाल आफैमा एउटा भूगोल, इतिहास र संस्कृतिले धनी राष्ट्र हो, त्यसैमाथि नेपालीपन जसले अन्तराष्ट्रिय आतिथ्यता समेत चकित खाने व्यवहार र व्यवस्थापन लोभ्याउन सफल रहेको छ। हाम्रो मौलिकपन नैं हाम्रो चिनारी हो। तर त्यही मौलिकपनलाई उदाहरणीय बनाउन केही मानव सीप र दक्षताको आवश्यकता पनि त्यतिकै छ। सफल हुनुको लागि धेरै अवरोधहरू पार गरे जस्तै व्यवसायिक सफलताको लागि पनि केही आधारभूत कुरहरू छन् जसले पर्यटन तथा आतिथ्य व्यवसायमा हुनैपर्ने गुणहरू व्याख्या गर्छ। 

आतिथ्यतामा काम गर्नु एक अविश्वसनीय इनामदायी कर्मको छनौट हुन सक्छ। तपाईं सफल हुनको लागि तपाईँसँग कस्तो किसिमको सीप हरुको आवश्यकता पर्छ र त्यसको पहिचान कसरी गर्ने भन्ने कुराहरु आउन सक्छ। आतिथ्य कौशलको विकास एक निरन्तर प्रक्रिया हो जसलाई नियमित अभ्यासको जरूरत छ। यसमा केही यस्ता सीपहरु छन् जसलाई सही त्रवरसँग सुसज्जित गर्नाले तपाईंलाई भावानात्मक र शारीरिक थकानलाई रोक्नमात्र मद्दत गर्दैन्, यसले तपाईंको व्यवसायलाई अरुभन्दा उच्च स्तर, सक्षम र प्रतिस्पर्धी बनाउन मद्दत गर्छ। तर सबैकुरा एकै पटक रातारात परिवर्तन भने चाहिँ हुँदैन, त्यसलाई केही समय, अभ्यास र निरन्तरताको जरूरत पर्दछ। यस्तै आतिथ्य कौशल विकाशका क्रममा आउने केही अपरिहार्य विषयहरू निम्न प्रकारका छन्।

१. सञ्चार कौशलता (Communication Skills)
आतिथ्यमा राम्रो सेवा सँगै राम्रो बोली, लेखन, शारीरिक भाषा अनि स्पष्टता आवश्यक पर्दछ। हामीले जती पनि कार्य गर्छौं त्यसमा राम्रो कौशलता सञ्चार र त्यसको पहिचान सहितको सहभागिताबाट झल्किन्छ। सबैभन्दा उत्तम ग्राहकमुखी भूमिकामा गरिने अन्तर्क्रियमा अनुभव वृद्धि गर्ने क्षमता निकै प्रभावकारी रुपमा हेरिन्छ। यसमा प्रभावकारी रुपमा सँगै काम गर्न सक्षम बनाउने सकारात्मक, रचनात्मक र प्रष्ट पारेको संदेश सञ्चार गर्नुपर्छ। सञ्चारको सबैभन्दा महत्त्वपूर्ण भाग सुन्ने हो, तसर्थ पहुनाहरुसँग कुरा गर्दा उनीहरूको वास्तविकता बुझ्ने प्रयास गर्नुपर्दछ। उनीहरूको प्रश्न राम्रो सँग सुन्ने, नबुझेको कुरा दोहोराएर सोध्ने र सोही प्रश्नलाई उचित सतर्कताका साथ जवाफ दिने । मननयोग्य जवाफ फर्काउनाले अतिथिहरुले तपाईंलाई वास्तवमै उनीहरूको ख्याल राख्नुहुन्छ भन्ने छाप पार्छ। तपाईंले आफ्नै टोली र सहयात्रीहरु सँग पनि उत्तिकै प्रष्ट र प्रभावकारी सञ्चारको आवश्यक पर्छ। सक्रिय ढङ्गले सुन्ने अनि मनन गरेर प्रतिक्रिया दिने बानीले एकअर्कामा खुल्ला, इमान्दारी, सम्मानजनक र कृतज्ञ हुन प्रेरित गर्छ जुन सञ्चार कौशलता अपरिहार्य विषय हो। 

२. लचकता अनि लचिलोपन (Resilience)

आतिथ्य सत्कारमा अपिरहार्य आर्को हुनै पर्छ विषय हो लचकता। तपाईं कत्तिको दृढ र संयम भएर आफूलाई प्रस्तुत गर्न सक्नु हुन्छ त्यसले तापाईको योग्यताको परिभाषा छुट्याउँछ। कठिनाइको बाबजुत कसरी आशाबादी र उत्पादक रहन सकिन्छ र विषम परिस्थितिमा पनि सामान्य ढङ्गबाट नियंत्रित हुँदै अनुभव पोख्ने कौशलता पनि उत्तिकै आवश्यकता छ। सामना गर्नुनपर्ने चुनौतीहरू सँग शान्त र संयमित हुँदै पीडित मानसिकताको सिकार हुन नदिएर गरिने आत्माकेन्द्रित प्रस्तुति नै लचकता हो। लचिलोपन आफैमा केही कुराहरू सहज र सजीलो बनाउनको लागि मात्र हैन, तर व्यवसायिक छवि, चरित्र र व्यक्तित्व कायम राख्न पनि हो। यस्तो कौशलतापूर्ण कार्य गर्दा ग्राहक तथा सहकर्मीहरुले त्यस्तो व्यक्तित्वलाई सम्मान गर्नुका साथै आफुहरुपनी त्यस्तै प्रतिकूल अवस्थामा शान्त, संयमित र रचनात्मक हुन प्रेरणा मिल्छ। 

३. अनुकूलन क्षमता (Adaptability)

आतिथ्य सत्कार तथा पर्यटन क्षेत्र भनेको थुप्रै अनुकूल वातावरणमा गुज्रिरहेको हुन्छ। पूर्व निर्धारित विभिन्न कार्यहरू प्रतिकूल अवस्थामा क्षण भरमै परिवर्तन र संशोधन गरिनुपर्ने हुन्छ। यस्तो अवस्थामा आफूसँग अनुकूलन क्षमता भएमा जस्तोसुकै विषम परिस्थितिमा आफूलाई र आफ्नो कार्यलाई उचित व्यवस्थापन गर्न सकिन्छ। अप्रत्यासित व्यवहार, वातावरण र स्थितिमा थाहा नभएको अनुरोध वा मनोवृत्तिहरु र ठाउँ वरपरका अनौठो कार्यहरुलाई निसंकोच निरन्तरता दिनुपर्ने हुन सक्छ, त्यसैले बहुकार्य क्षमता, लचिलोपन र सहनशीलता यस्तो कौशलता प्रस्तुत गर्ने दरिलो आधार हुन्। म गर्न सक्छु र तयार छु भन्ने भावना र मनोवृत्ती निरन्तर कायम राखेमा आइपर्ने अप्रत्याशित परिस्थिति र अनुकूल क्षणहरुलाई सहजै चुनौतिपू्ण स्वागत गर्न मद्दत गर्छ साथै त्यस्तो अवस्थामा स्वविवेकले आत्मबल बढाउन हौसला दिन्छ। 

४. अग्रसर र पहल कदमी

आतिथ्य सत्कारमा जहिलै पनि व्यक्ति तयारी अवस्थामा बस्नु पर्ने हुन्छ। ग्राहकको आवश्यकतालाई सक्रिय रुपमा प्रतिक्रिया दिनु र आफू सक्षम कार्यले ग्राहकलाई सेवा सुविधा दिनु उत्तिकै मह्त्वपूर्ण छ। मान्छे सबै ज्ञानले पूर्ण त हुँदैन तर अग्रसर भएर केही कार्य गर्दा विभिन्न कार्यहरू प्रतिकूल अवस्थामा निकै सम्हालिन पुग्दछ। यस्तो अवस्थामा आफूसँग भएका ज्ञान र सीपलाई उचित प्रयोग गर्न सके सम्पूर्ण कार्यहरू सहज ढंगले अगाडि बढ्न सक्छ। कुनैपनि कुरा ढीलो गरेर सम्बोधन भयो भने त्यसले निकै क्षति पुर्याइसकेको हुन्छ, तसर्थ, अग्रसर भएर कुनैपनि प्रतिकूल अवस्थामा पहल कदमी कार्य गरियो भने त्यस बखत सानो पहल वा सुझावले पनि अवस्थालाई गम्भीर हुनबाट जोगाउँछ। हामीले आतिथ्य सत्कारमा सम्झिनु पर्ने कुरा नै समयानुकूल पहल र समस्याको समाधान नै हो। 

५. सांस्कृतिक जागरूकता (Cultural Awareness) 

आतिथ्य सत्कार र पर्यटन क्षेत्र एकदमै बहुआयामिक र समानुपतिक छ। हाम्रो ग्राहक तथा सहकर्मीहरु विभिन्न विश्वास, मूल्यमान्यता, धर्म, अपेक्षा र मनोविज्ञानसँग सम्बन्ध राख्ने पाइन्छ, र सबैलाई समेटेर आगाडी बढ्न मात्र नभई हामीले गर्ने कार्यले कुनै पनि भावनालाई चोट नपुग्ने कार्य गर्नु नै हामी सबैको कर्तव्य हो। सांस्कृतिक संवेदनशीलता एकै रातमा वृद्धि विकास हुँदैन, यसको लागि थुप्रै दृष्टिकोणबाट अनुभव बटुल्दै अब्बल हुनु जरुरत छ। हरेक व्यक्तिमा हुने भिन्नतालाई समायोजन र स्वीकार गरेर व्यवस्थापनमा लाग्नुको एउटै फाइदा छ तपाईं र संस्थाको प्रतिष्ठा अभिवृद्धि हुनु हो। हामीले व्यवहार गर्ने व्यक्ति कुनै न कुनै महत्वांक्षाले प्रेरित हुन्छ, उनीहरूको उचित सम्मान र समायोजन हुनु भनेको एउटा सम्मान हो जुन आधुनिक समाजको परिकल्पना पनि हो । 

६. सुक्ष्म अवलोकन तथा ध्यानाकर्षण

हामीले जस्तो सुकै काम गरे पनि सानो सानो कुरामा ध्यान दिएर त्यसको सुक्ष्म अध्ययन गर्यौं भने त्यो अनुभवलाई उत्कृष्ट बनाउन मद्दत गर्दछ। न्यूनतम विवरण र त्यसको उचित अध्यनले सुक्ष्मविश्लेषण हुने वातावणमा कुनै पनि कार्य र प्रकृया प्रभावित गर्ने हरकिसिमको बाधा अड्छचन् पहिलै पहिचान हुँदा विग्रिनबाट बाँच्ने त हुन्छ नै त्यसका साथै सुक्ष्म कुरालाई ध्यान दिंदा ग्राहकको आवश्यकतालाई उच्च मू्याङ्कन सँगै आभार पनि प्रकट गर्ने मौका मिल्छ। प्रक्रियागत कार्यले सही दिशा लिँदै हरेक परिस्थितिमा अब्बल बनाउने क्षमता प्रदान पनि गर्दछ। सुक्ष्मविश्लेषण कौशलता सबैमा प्राय कम नै हुन्छ र यसको सफल प्रयास र प्रयोगले कुनै नोक्सान हुँदैन तर नोक्सान हुनबाट चाहिँ जोगाउँछ। 

७. सकारात्मक मनोवृत्ति


सबैभन्दा पहिले आतिथ्य सत्कारमा चाहिने भनेकै सकारात्मक मनोवृत्ति हो। यो बिना पर्यटन तथा आतिथ्य उद्योगमा आगाडी बढ्छु र केही गर्छु भन्ने नसोचे पनि हुन्छ। हरेक प्रसङ्गमा क्षमता अभिवृदधिका लागि मनोवृत्ति अपरिहार्य छ। जसरी गाडी गुड्न को लागि इन्धनको जरूरत हुन्छ त्यस्तै व्यवसायिक सफलताको लागि सकारात्मक मनोवृत्तिले उच्च स्तर निर्धारण गर्न सहयोग पुर्याउँछ। 




हुन त धेरै अन्य व्यवसायिक सफलताको थुप्रै दृष्टिकोणहरु छन् तर आतिथ्य सत्कारमा अनि पर्यटन उद्योगमा नभई नहुने माथि उल्लेखित सीप भएमा जस्तोसुकै परिस्थितिमा आफूलाई प्रस्तुत गर्न सहयोग पुर्याउँछ। मानव द्वारा मानवको लागि गरिने सेवा नै अलि उचित व्यवस्थापन का साथ गर्ने हुँदा सबै गुण र विशेषण एक व्यक्तिमा हुने हो भने उसले पाउने सफल परिणाम निकै फलदायी नै हुने गर्दछ। एक प्रशिक्षार्थीमा यो गुण भनेको सुनमा सुगन्ध जस्तै हो। 


प्रस्तुती तथा अनुभव लेखन
बिबेक पौडेल
महा प्रबन्धक 
गेट भोकेशनल फ्याब स्कुल पोखरा 

Comments

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training