बिष्णुको बेकारीको तातो यात्रा


दोलखाको शैलुङ गाउँपालिकामा जन्मेर हुर्केको एउटा कथा बिष्णुको आफैमा उदाहरणीय छ। बालखा र युवा अवस्था गाउँमै राम्रो बुझेको अनुभव उनको काठमाडौंको सहरी जीवन सम्म आइपुग्दा अलि फरक र पृथक रहेको छ।  बेकारिको बारेमा थोरै ज्ञान भएपनि पूर्ण जानकारी खासै थिएन, तर जीवनउपयोगी सीप हातमा हुँदा परिवर्तन आफैमा संभव छ भन्ने जीवन्त उदाहरण हो विष्णु। 

जीवनको यात्रा सफलता तर्फ मोड्नलाई केही न केही सीप हातमा चाहिने कुरा उहाले काठमाडौंको बसाइमा राम्रो सँग बुझ्नुभयो। बेकरीमा नौलो अनुभव बटुल्दै गर्दा विष्णुलाई हरेक दिन एउटै प्रश्नले पिरोलिरहन्थ्यो, त्यो हो भविष्य कसरी बनाउने? सायद अहिले प्राय युवाको दैनिकीको प्रश्न पनि यस्तै यस्तै होला। 

२०६९ सालमा केही सीप हातमा चाहिने आवश्यक प्रक्रिया पूरा गर्न मन्दिखाटारमा अवस्थित गेट कलेजमा बेकरीमा तालिम लिने अवसर जुराएका उनले तालिम पश्चात कहिल्लै पछि फर्किएर हेर्नु परेन। तत्काल सानेपा स्थित साब्री रेस्टुेन्टमा जागीरको लागि छिर्नुभएका विष्णु त्यस पश्चात ७ वर्ष मिठो अनुभव बटुल्दै काम को आनन्द लिएर बस्नुभयो।  

स्वदेशमै बसेर पनि विदेशी प्रशिक्षकहरु सँग प्रशिक्षण लिने अवसर मिलेको विष्णुलाई स्विट्जरलयान्ड, जर्मन, फ्रान्स र अन्य थुप्रै देशका अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष लाभदायक अनुभव बटुल्ने अन्तराष्ट्रिय स्तरको मौका मिल्यो। 

हाल पोखरा स्थित गेट भोकेशनल फ्याब स्कुलमा विभिन्न स्तरको विद्यार्थी हरुलाई आफैले सीप सिकाउने काममा होमिएका विष्णु आफूले जानेको कुरा अरु नवयुवामा सीप रुपान्तरण गर्न पाउँदा आफूलाई निकै गौरवा्वित ठान्नुहुन्छ। ज्ञान बाढ्ने र आफूले पनि नौलो अनुभव लिदा उहाँलाई निकै खुशी लागेको बताउनुहुन्छ। 

स्वदेशमा पनि गर्न चाहे विदेशी स्तरको गुणस्तयुक्त बेकरी तथा अन्य पेशामा पनि गरे चाहिँ हुन्छ भन्ने मान्यता उहाँ राख्नुहुन्छ। समयले दिए र मौकाले जुरायो भने थप अन्तराष्ट्रिय स्तरको अनुभव आफूले लिन सक्ने कुरालाई मजबूत गर्दै आफू यस पेशामा आवद्ध रहिरहने बताउँनुहुन्छ।  

हामी सँगको यात्रामा जोडिँदै गर्दा विष्णुले हाल सम्म आफनै अनुभवनमा ६० जना भन्दा बढी विद्यार्थीलाई सीप सिकाउने तथा रुपान्तरण गर्न पाउँदाको खुसी काम गरेको भन्दा लाखौं गुणा भएको विष्णु बताउनुहुन्छ। विभिन्न परिस्थितिमा अनुकूल वातावरण नहुँदा पनि, अन्य माध्यमबाट सीप सिक्न आउने विद्यार्थीलाई यस्तो बहुउपयोगी सीप दिन पाउँदा त झनै आफ्नो जीवन धन्य भएको बताउनुहुन्छ। 


यस्तै निरन्तरताको कथा सबैमा पुर्याउन पाउँदा हामीलाई पनि निकै खुशी लागेको छ। हामी सँग यस्तै स्मरणीय यात्रामा जोडिन चाहनुहुन्छ भने हाम्रो बाटो खुल्ला छ। 

गेट भोकेशनल फ्याब स्कूल
पोखरा - २२ ओडारे










Comments

Popular posts from this blog

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

FAB School - A sense of pure hospitality vocational training

GATE College Nepalgunj's Student Ms. Pramila Saru attends Youth Conference in Oslo, Norway !!