फ्याब कथा - वसन्त पहारी

गेट भोकेसनल फ्याब स्कुल : अनुभव

२०७५ सालको गर्मि मौसममा हिमालय प्याभिलियन्स रिसोर्ट नजिकै फुस्रेखोलामा पौडी खेल्न जाँदा बाटोमा सधैंजसो गेट भोकेसनल लेखेको बोर्डमा आँखा परिरहन्थ्यो। बाटोबाट केही दृश्य देखिएता पनि भित्रको वातावरण प्रती पुरै अनभिज्ञ नै थिए । 

२०७६ साल असोज महिनामा गेट भोकेसनलका सोसल अम्बेसेडर आश्विन कार्कीको प्रस्तावमा नेपाल युवा परिषद, गण्डकी प्रदेशको नियमित मासिक बैठक त्यही राख्ने पक्का भयो। बैठक पश्चात् गेट भोकेसनलका महा प्रबन्धक आदरणिय विवेक पौडेल दाइले परिचयात्मक भिडियो देखाएपछी गेटले गरेका कार्यक्रमबाट समाज र व्यक्तिमा आएका परिवर्तनसँग साक्षात्कार भयौं। गेट भोकेसनलले विगत दुई वर्ष देखि निम्नवर्गिय, पुर्व सडक बालबालिका, पढाइ छुटेका १८-२४ उमेर समुहका युवायुवतीलाई छात्रवृत्ति तथा विशेष छुटका साथ होटल व्यवस्थापन सम्बन्धी शिक्षा र सिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ। तालिम सकिएपछी नेपाल र विदेशका विभिन्न होटलमा विद्यार्थीहरुले अहिले जागिर गर्दै आफ्नो सोच र परिवारको आर्थिकस्तरमा परिवर्तन गर्न सफल भएका छन। गेटमा आउने हरेक अतिथिलाई  सत्कार र खानाका परिकार बनाउने काम विद्यार्थीहरुले नै गर्छन। उनिहरुले त्यहाँ दैनिक प्रस्तुत गर्ने हरेक व्यवहार परिक्षा सरह हुने गर्दछ। यो नै व्यवहारिक ज्ञानको एक उत्कृष्ट नमुना हो। 

सामाजिक सेवामा लागेको ३,४ वर्षको अवधीमा धेरै स्थान पुग्दा मलाइ निम्न वर्गिय र आर्थिक अवस्थाले बिचमै पढाइ छोड्नु परेका युवा जमातलाई सिपमुलक तालिम दिई आर्थिक रुपमा सबल बनाउन र चेतनास्तरमा वृद्धि गर्न पाए हुन्थ्यो भन्ने सदैव मनमा लागिरहन्थ्यो। गेटमा आफ्नै मनको कुरा पूरा भैरहेको देख्दा निकै नै गौरवान्वित महशुस भयो। 

त्यसको केही समय पश्चात् गेट दोस्रो वर्ष पुगि तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजित  रक्तदान कार्यक्रम सफलतापूर्वक रुपमा सम्पन्न भयो। दारी ग्याङले पोखरा र देशैभर रगत व्यवस्थापन सहजिकरण गर्दै आइरहेकाले गेटमा अध्ययनरत विद्यार्थीलाई रक्तदान सम्बन्धि जानकारी र आफ्नो अनुभव साटेको थिए। दैनिक गुजारा गर्न गार्हो हुने, बिहान खाएपछी बेलुका के खाने भनेर सोच्नु पर्ने निम्नवर्गिय परिवारमा अरुको सेवाको लागी सोच्ने समय नै हुदैन। त्यस्तो परिवारबाट आएका भाइबहिनीहरुलाई मानविय सेवा(रक्तदान)मा समर्पित गराउन पाउनु मेरो लागि गेट सङको सहकार्यको उत्कृष्ट क्षण थियो। 

गत कार्तिकमा गेट भोकेसनलमा आयोजित  "SAPTA" प्रोजेक्टको अवसरमा म र साथीहरु सम्मिलित सुमेरु टिम (भुवन क्षेत्री, बिनोद आचार्य, रोश्नी गौतम)ले सप्ता प्रोजेक्टका अतिथीहरु सङ मिलेर गेट परिसरमा सातवटा बिरुवा रोपेका थियौ। हरेक वर्ष ति बिरुवाहरुमा नयाँ पालुवा पलाए जस्तै , गेट सङको सहकार्य पनि नवीन सोचका साथ अझै मजबुत हुँदै जाने मैले विश्वास गरेको छु।

- बसन्त पहारी 
संयोजक, दारी ग्याङ पोखरा

Comments

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training