स्वस्थलाई प्रतिभाको रुपमा हेर्नुहोस्।

स्वस्थ अभ्यास गर्ने उत्तम तरिका भनेको यसलाई प्रतिभाको रुपमा लिनु हो जुन स्थिर बिकास र निरन्तर अभ्यासको आवश्यक पर्दछ। जस्तै उदाहरणको लागि तपाई कुनै नृत्य नाचलाई लिनुहोस्। सबै जना कुनै न कुनै तरिकाले नाचीरहेका हुन्छन् चाहे त्यो ढंगको होस् वा हेर्दै पेट मिचेर हास्ने। निरन्तर जस्ले अभ्यास गर्छ उस्ले प्रगति गर्छ। स्वस्थमा पनि सोही अनुरुप हुन्छ। कोहि जन्मिदै रोगी जन्मन्छन् भने कोहि हर्ताकर्ता।जो रोगि हुन्छ उस्ले आफ्नो जीवन निकै कष्टकर बिताएको पक्कै हुन्छ। उनिहरु सम्पुर्ण जीवन दुर्बल अशक्त रहि संघर्षमै बिताउन बाध्य हुन्छन् । तर कोहि जन्मदै जब्बर भएर पनि जन्मिन्छन् जसलाई बुढेसकालसम्म पनि कुनै रोगले सताउदैन। र धेरै जस्तो हामी यहि दुई उदाहरणीय जीवनको मध्यान्तरमा बाची रहेका हुन्छौ। तर हामी हाम्रो स्वस्थलाई भएको अवस्था भन्दा केही सुधारहरु भने पक्कै स्वागत गर्न सक्छौ। 
स्वस्थ जीवनको नियमहरु निकै साधारण छन् । सबै कुरा संयममा गर्नु पर्छ। चिनीजन्य र प्रसोधन गरिएको खानाबाट बच्नुपर्छ। निद्रा पर्याप्त प्राप्त हुनु पर्छ। दैनिक ब्यायाम अनि दिनमा कम्तीमा एक पटक पसिना आउने काम गर्नुपर्छ। 
एक बर्ष कम बाचेर जिन्दगी मस्तले जिउनुमा के अर्थ जब थोरै उपेक्षित आनन्दले लामो दुर्बल रोगमा परिणत हुदा जस्ले जीवनलाईनै दु:खद पीडामा सबैलाई धेकेल्छ? 
एक ताका आरामदायी जिवन जिउनेको बहुमत हुँदै गर्दा स्वस्थ अनुकुलता अनुसार खाने जमातलाई हासेर मजाक उडाइन्थ्यो । भनिन्थ्यो रे भोकमरिहरु, खाना नदेखेकाहरु आदि इत्यादी । तर आजकाल प्रायः मुटु रोग, क्यान्सर र अन्य प्राणघातक रोगको महामारीमा ठुलै जनसंख्या प्रभावित भएको तथ्यांकले बताउछ। उच्च रक्तचाप, हृदयघात, मोतिबिन्दु, सुन्ने कमजोरी र मानसिक रोग आजको दिनमा निकै प्रचलित हुन थाले कि मानिसहरुले आजकाल यस्ता रोगको रोकथाम उपचार भन्दा उत्तम हो भन्ने धारणा बनाइसकेका छन्। यस्ता रोगको पीडितहरु आजभोली बैकल्पिक उपचारहरुबारे बिचार गर्न बड्दो इच्छुक छन्। यो बैकल्पिक उपायमा धेरै जसो पुरातन विचार र त्यसको अनुपम प्रयोगहरु प्रायः पर्दछन्। यो अहिलेको आधुनिकता र त्यस्को परिक्षण भन्दा पनि पुरानो शैलीमा बिश्वास बढ्दै जानूमा पक्कै पनि पहिलेको प्रयोग र अभ्यास निकै परिणाम उन्मुख रहेको बिश्वास गर्न सकिन्छ। यश अर्थमा हामी अत्याधिक स्वस्थ निर्माण प्रवृत्तिको बिकाश भएको मान्न सक्छौ। त्यस संगै मानिसहरु स्वस्थको लागि आफ्नो प्रतिभा बिकाशगर्न पछि पर्ने देखिदैनन्। आखिर स्वस्थ हुनुको लक्षण के हुन सक्छन् र यसको वर्गीकरण कसरी गर्न सकिएला त? निरोगी हुनुमात्र स्वस्थ जीवन जिउनु हो त? होइन त्यो पक्कै हैन, हामिले सोछे भन्दा जटिल छ यो प्रसङ्ग। यसलाई थप केही घटकमा वर्गीकरण यसरी गरौँ ;
क. ब्यक्तिगत उर्जा र दक्षता 
ख. उदार मानसिक अवस्था
ग. समयपुर्व वृद्धपन
घ. शारीरिक तन्दुरुस्ती 
ङ. उच्च प्रतिरोधात्मक शक्ति 
च. जिवन्त रुपरङ्ग
छ. स्वस्थ यौन जीवन शक्ति
ज. स्वस्थप्रती सकारात्मक दृष्टिकोण
माथी उल्लेखित बुदाहरु एक ब्यक्ति जो स्वस्थ र तन्दुरुस्त छ भन्ने एउटा सामान्य टिप्पणीमात्रै हुन् । यो अन्य ब्यक्तिद्वारा  छुट्टाछुट्टै परिभाषित पनि गर्न सकिन्छ। हामी निरोगी रहेर मात्र स्वस्थ हुन भने चाहिँ पक्कै सक्दैनौ, त्यससँगै हामिलाइ आधारभुत घटक र न्युनतम तत्व आवस्यक पर्दछ। हामी सबैको स्वस्थ कस्तो स्वरुपको बनाउने भन्ने आफ्नै हातमा छ। स्वस्थमा हेलचक्र्याइ कदापि स्वीकार्य हुदैन। तसर्थ, स्वस्थलाई एउटा प्रतिभाको रुपमा आजैबाट हेर्नुहोस्। सबैले यसलाई सकारात्मकता साथ कदर गर्छन्। यदि स्वस्थ तलमाथि भएको अवस्थामा बोझ सम्झनेको पनि कमि छैन हाम्रो समाजमा। भगवान बुद्धले पनि भन्नू भएको थियो "शरीरलाई राम्रो स्वस्थमा राख्नु एउटा कर्तव्य हो, अन्यथा हामी हाम्रो मस्तिष्कलाई सुढृढ र स्वच्छ राख्न सक्षम हुनेछैनौ। यदि तपाईंसंग स्वास्थ छ भने तपाईं सूखी हुनुहुनेछ, र यदि तपाइँ स्वास्थ र खुशी हुनुहुन्छ भने तपाइँसंग सबै चाहिने सम्पत्ति हुनेछ यद्यपि तपाईंलाई त्यो नचाहे पनि। स्वस्थ रहौ र स्वस्थ समाज र जगतको निर्माणमा आजै लागौ। पुनः नभुल्नु, स्वस्थलाई प्रतिभाको रुपमा हेर्नुहोस्। 

बिबेक पौडेल 
चैत्र २९ पोखरा 

Comments

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training