परिवर्तन - नेपालगन्ज देखि पोखरासम्मको एउटा कुशल यात्रा

म कुनै एक आम नेपाली युवक भन्दा भिन्न थिइन, एक औसत र सामान्य परिवारमा हुर्केको केटा अलि पर सम्म सोच्दा वैदेशिक रोजगारीको अन्कुशले कता कता च्याप पारिसकेको साधारण बेरोजगार।
समयको माग अनि सामाजिक दबाबको केही न्युनतम परिधिभित्र बाधिएका मेरा कदम केही गर्छु भन्ने सोच धेरै पटक असफल यात्राको हिडाइमा हिडिसकेको थियो। सोही गन्तव्यहिन गोरेटो हिँड्दै गर्दा गेट भोकेशनल कलेज नेपालगन्ज ब्यबहारिक शिक्षाको नयाँ पृष्ठभुमि सृजना गरेको भन्ने जानकारी पाए। हातमा सीप हुदो हो त म पनि केही गरिनै हल्छु भन्ने सोच त बनाएकोनै थिए तर एक पटक यो फरक धारको शिक्षा प्रणाली आफैमा प्रयोग गर्ने सोच बनाए। पढ्ने रहर त कफि बरिस्टाको थियो तर बेकरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रै माग छ भन्ने कुरा विभिन्न स्रोतबाट मिल्यो। कलेजका प्रबन्ध बिबेक पौडेल सर संग सल्लाह तथा सुझाव लिएर बेकरीको पढाइ सुरु गरेको केही हप्तामा नै मैले सोल्टी वेस्टइन्ड प्रिमियर पाच तारे होटलको प्राय जसो सबै बेकरीको उत्पादन गर्ने सुबर्ण अवसर पाए। दोहोरो ब्यबहारिक सीप तालिमको प्रत्यक्ष अनुभव लिदाको त्यो समय मेरो लागि जति चुनौतीपूर्ण रह्यो त्यतिनै रोमान्चक पनि। अन्ततः मैले ३ महिनामानै न्युनतम आधारभुत बेकरीको दक्षता आफुमा रुपान्तरण गरे। पढाईको केही समय नबित्दै मलाई रोजगारको थुप्रै अवसरहरु मिल्यो। मैले मेरो रोजगारीको यात्रालाई नेपालगन्जमै रहेको सिग्नेट इन होटलमा निरन्तर गर्ने मौका पाए। गेट कलेज यति बेला सम्म नेपालको विभिन्न स्थानमा एउटा कुशल मार्गदर्शनको अभिभावकको भुमिका अब्बल रुपमा प्रस्तुत भइ सकेको थियो। मेरो वैदेशिक रोजगारीको अपुरो सपना कता कता हराएको महसुस गर्दै गए, स्वदेशमै मेरो सीपलाई अझै तिख्खर रुपमा बढाउने निर्णयमा पुगे। भन्छन् नि भगवानले त आट म पुर्याउछु भन्छन् भन्थे, मलाई पनि त्यस्तै भयो। मेरो सीप थप बिकाशको लागि पुनः एकपटक मैले गेट कलेजको राम्रो साथ पाए। नेपालगन्जको शाखा संगै एउटै जसो समयमा सुरु भएको फ्याब स्कुलमा जुन आफैमा एउटा उदाहरण छ, मेरो सफल गन्तव्यको यात्रा पोखरा मोडियो। एक बर्ष अगाडि म बेरोजगार युवाको सूचीमा भेटिन्थे तर मेहेनत र सक्षम साथ छ भने जस्तोसुकै परिस्थितिलाई पनि समयानुकूल अवसरमा परिवर्तन गर्न सकिन्छ भन्ने एउटा उदाहरण आफैमा बन्न पुगे। समयको बहाबमा अगाडि बढी रहदा मैले कैयौ अन्तर्राष्ट्रिय हस्तीहरु संग काम सिक्ने र गर्ने मौका पाए। स्विजरल्यान्ड, जर्मन, स्पेनका बहुचर्चित सेफहरु संग सिकेका सबै मीठो पलहरु अनुभवको जग बनेर मेरो बेग्लै सपनाको घर बनाउने कसरतमा छु। फ्याब स्कुलमा आफ्नो गन्तव्यको गति बढाउने क्रममा, विभिन्न अवस्थाले सामाजिक सिमान्त्कृत, आर्थिक बिपन्न्ता तथा अन्य थुप्रै समस्याका कारण शिक्षा आगाडी बढाउन नसकेका युवालाई आफुले सिकेको सीप सिकाउदै आफू पनि नयाँ कुराहरु सिक्न पाउँदा जीवनको निकैनै धन्य भएको महसुस गरेको छु। हाल आफुले सिकेको तालिम र अनुभवको सहयोगले केही नौलोपन देखाउदा जति सिकेपनि अनुभव र ज्ञान सधै निरन्तर सिक्दै जानू पर्ने रहेछ भनेर पनि राम्रो संग बुझ्न पाएको छु। आफैमा आत्मानिर्भर हुन अनि केही गरेर देखाउन नेपालमै संभावना अथाह छ अनि अनगिन्ती अवसरहरु पाइला पाइलामा भेटिन्छन् भन्ने कुरामा बिस्वस्त छु। केही गरौ, केही सिकौ र आफू संगै बेकरी क्षेत्रलाई पनि बदलिँदो परिवेशमा फरक ढंगले प्रस्तुत गर्छु भनेर हरेक दिन नयाँपन दिने प्रयासमा छु। धन्यवाद गेट भोकेशनल परिवार जस्को बिश्वासले गर्दा आज अझै बढी अनुभवी र साहासी बनेको छु। 

दिपक पर्बते
बेकरी प्रशिक्षक
गेट भोकेशनल फ्यब स्कुल

Comments

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training