पुर्व युवरागी हिमानी शाहद्वारा श्रम र शिपको मूल्याकंन


नेपालगन्ज स्थिति होटल सोल्टी वेस्टइण्ड प्रिमियरमा बिगत सुरुवाती दिन देखीनै ब्यबहारिक शिक्षा र त्यसको उचित ज्ञान प्रदान गर्ने हेतुले संचालित गेट भिकेशनल कलेजमा थुप्रै तालिमको कार्यक्रम संचालनमा रहेको कुरा धेरैलाई अवगत छ। सोही शिपमुलक तालिम अन्तर्गतको बेकरी कक्षाको पुर्व युवरागी हिमानी राज्य लक्ष्मी शाहद्वारा प्रोत्साहन मात्र नभई आफैले सो प्रयोगात्मक कक्षाको बस्तुगत स्थिति तथा सोही तालिमको केही अंश स्वयंले सफलता पुर्वक हाशिल गर्नु भयो।

शिप र श्रमको नितिगत रुपमा सम्मान गर्नु पर्छ भन्ने कुरालाई ब्यक्तिगत तवरले उहाँले देखाउनु भएको उत्सुकता प्रती सबै सरोकारवालाहरुको ध्यान केन्द्रित हुन आवस्यक छ। बर्षौ देखि गरिबको नाममा राजनीति गर्नेले गरिबको गरि खाने बाटो छेकेको पीडा खपिरकेहो यो अवस्थामा देशमा पर्यटनको बिकाश र व्यापक रोजगारीको लागि के आवस्यक छ भन्ने गहिरो सन्देश हिमानी शाहको यो ब्यबहारिक शिपमुलक तालिमले पुर्ण गर्छ।

शिप र श्रमको सम्मान बिना समृद्धिको कल्पना गर्नु केवल दिवा सपना मात्र हो। गेट कलेज नेपालगन्ज हजुरको यो उत्तरदायित्व प्रती निकै आभारी छ साथै समाजमा बिशेश सन्देशको लागि पुर्याउनु भएको योगदान प्रति धेरै धेरै धन्यवाद ।

गेट कलेज नेपालगन्ज 
सोल्टी होटल नेपालगन्जको भोकेशनल डिभिजन 
०८१-५५११४५

Comments

Popular posts from this blog

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

FAB School - A sense of pure hospitality vocational training

GATE College Nepalgunj's Student Ms. Pramila Saru attends Youth Conference in Oslo, Norway !!