खाद्य सुरक्षामा सोल्टी होटललाई पछ्याउँदै नेपालगन्जका अन्य होटल

नेपालगन्ज, २८ असार (कास), खाद्य स्वच्छता कायम राख्ने उदेश्यले क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जले यहाँका ठुला तथा स्तरीय सुचिमा पर्ने होटल र रेस्टुराँहरुको मुल्यांकन गर्ने कार्य गरिरहेको छ। 

सो क्रममा कार्यलयले नेपालगन्ज स्थित सोल्टी होटल लगायतका विभिन्न होटलको स्तरीकरण मुल्यांकन गरेको छ। प्रबिधि तथा गुण नियन्त्रण कार्यलय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुबेदिले जानकारी दिए अनुसार खाद्य स्वच्छताको आधारमा हालसम्म स्तरीकरण गरिएका बाकेका १६ ठुला होटलमध्य ४ वटा होटलले मात्र अतिउत्तम श्रेणी पाएका छ्न् । सोल्टी होटलको खाद्य गुणस्तरको बारेमा सुवेदी बताउछन् , होटलले खाद्य सुरक्षामा अति उत्तम कार्य गरिएको र भविष्यमा अझै बढी मेहनतले अन्य निम्न स्तरीय होटल तथा रेस्टुराँलाई पनि प्रेरणा मिल्ने छ। सोल्टी होटल भित्र रहेको गेट कलेज बिगतको समय देखि खाद्य सुरक्षा सम्बन्धि तालिममा अग्रसर देखिन्छ र सोही कार्यक्रम मार्फत २०११ मा राष्ट्रिय खाद्य सुरक्षा पुरस्कारबाट सम्मानित भएको थियो। यो उल्लेख्य काम र तालिमको प्रसंशा गर्दै सुवेदी लगायतका अनुसन्धान टोलिले खाद्य सुरक्षामा अझै विशेष योगदान पुर्याउन हौसला जनाउनु भयो। 

बाके जिल्लामा रहेका साना तथा मझौला उद्योगले गुणस्तरलाई  खासै ध्यान नदिइएको पाइएपछि ठूलो र नाम चलेको होटल तथा रेस्टुराँहरुको स्तरलाई मापन गरेर अरु थप गृहकार्य गर्नेमा खाद्य अनुसन्धान अधिकृत बिबेक कुमार सुवेदी लगायत निरीक्षक नेत्रा बोगटी, प्राबिधिक सहायक प्रतिज्ञा पण्डित, उपभोक्ता हित संरक्षण मञ्चका बाके अधिबक्ता वसन्त गौतम अग्रसर हुनुहुन्छ। 


अतिउत्तम श्रेणीको प्रमाणपत्र
अधिकृत बिबेक कुमार सुवेदी

Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

Fabulous Journey - Teju Bhandari

A Volunteer Journey to FAB School from the UK