पाककलामा व्याबहारिक शिक्षाको आवश्यकता-सेफ दिनेश प्रशाद होमागाइ

नेपाल पर्यटक आवागमनका लागि विश्वकै सम्भाव्यता बोकेको देश हो। जसरी दिन प्रती दिन माग यो पर्यटन उध्योगमा बढीरहेकोछ त्यस्को पूर्ण पुर्ती हुने कुरा करिब करिब मेल खाँदैन। कारण हुन् पहिलो कामको इज्जत गर्न नसक्नु र दोश्रोमा आन्तरिक सम्भावनालाई नकारेर बैदेशिक रोजगारीलाई स्विकार्नु । हाम्रो नेपाली पकवान सताब्दी पुरानो बिधी जस्लाई बैज्ञानिक रुपले पनि महत्वका साथ हेरिन्छ। तर हामी माझ हाम्रो पकवान भन्दा प्रभाभकारी बिदेशी पक्वान मानिन्छ किन भने हामीले यस्को प्रबर्धन गर्नलाई ठोस पाइला चालेका छैनौ।

हामीलाई अबगत नै छ कि सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा अधिकारीक रुपमानै मनाउने तयारी गरीसकेको छ। जुन २०लाख पर्यटक भित्र्याउने तयारी गरीएको छ उनिहरुलाई न्युनतम आवश्यक खाने र बस्ने बाहेक न्युन आतीथ्य सत्कार अपरिहार्य छ, तर हामी सोही सत्कारलाई कतीको तयार छौ त? के हाम्रो अहिलेको अवस्था र तयारीले यो सबै सम्भब छ?

अब सानो प्रयासले मात्र सबै कुरा पूर्ण हुन्छ भन्ने नसोचेर, नेपाली पकवानलाई विश्वसामु चिनाउन घरगृहस्थी, सानो चमेना देखी होटल, रेस्टुरा र शिक्षा प्रणालीनै तदारुकताका साथ अगाडि बढाउन जरुरत छ। नेपाली पाककला र पकवानलाई अन्तरराष्ट्रिय स्तरमा बदल्न युवा जनशक्तीलाई नै अगाडि सारेर व्यबहारिक शिक्षा मार्फत शैक्षिक गुणस्तरनै बदल्नुपर्ने देखिन्छ। 

नेपाली पकवानमात्रै नभएर अन्तरराष्ट्रिय पाककला जस्ले हाम्रो युवालाई रोजगारीको पूर्ण अवसर दिन्छ, यस् प्रती साकारत्मक सोच राखेर अघी बढेमा समाजमा पाककला र पर्यटन ब्यवसायले रुपनै परिवर्तन गर्ने थियो। अरु सोचेर बस्नु भन्दा बरु आँफैबाट केही परिवर्तन गरौ भन्ने दिगो विश्वाषको साथ हामीले पश्चिम नेपालमा पाककला र पर्यटनको अथाह सम्भावना देखेकाले ब्यवसाय सँगै शिक्षालाई पनि साथसाथै बढाउने क्रममा गेट कलेज सस्था मार्फत हाम्रो सानो प्रयास जारी राखेकाछौ। 

सेफ दिनेश प्रशाद होमागाइ हाल नेपालगन्ज स्थित होटल सोल्टी वेष्टइण्ड प्रिमियरमा पाककला बिभागिय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। उहासँग बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्यन्जनहरुको
 १७ बर्षको अनुभव छ। 

Comments

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training