महिनावारी मैत्री स्कुल जहाँ पुरुषले अनिवार्य शिक्षा लिन्छन् !


गेट भोकेशनल फ्याब स्कुल, पोखराको एउटा नौलो गन्तव्य बन्दैछ। लाग्न सक्छ स्कुल अनि गन्तब्य कसरी? हजुर, एउटै छाना मुनि आतिथ्य सत्कारको लागि चाहिने सम्पुर्ण शिक्षा दिने संस्था जस्ले सामाजिक उत्तरदायित्वको बेजोड नमुना प्रस्तुत गर्दैछ। तर यसमा महिनावारीको शिक्षा त्यो पनि अनिवार्य अनि पुरुष विद्यार्थीले लिन्छन् भन्दा अलि अचम्म लाग्न सक्ला। तर ब्यबहारिक शिक्षा जसमा महिनावारीलाई एउटा सामुहिक कार्यको अनुपम प्रस्तुति दिन खोजिदै छ आफैमा निकै महत्वाकांक्षी कक्षा छ। एउटि युवती महिनावारी हुँदा उस्ले गर्ने दैनिकीमा कार्य क्षमतामा ह्रास आउने र समुहमा काम गर्दा यस्तो अवस्थामा नतिजा फितलो पक्कै हुन्छ। त्यही अवस्थामा यदि सोहि समुहको पुरुष साथिले महिलाको प्राकृतिक पिडा बुज्न सफल हुदा एक ब्याक्तीले अर्को ब्यक्तिलाई गर्ने व्यबहार बाहेक समुहगत नतिजामा नै असर पर्ने देखिन्छ। यस्तै उदाहरणीय कार्यलाई ब्यबहारिक रुपमै उतार्न महिनावारी शिक्षा तथा यसको प्रबर्द्धनमा जुटेका पोखराका युवा अस्विन कार्की गेट भोकेशनलका सामाजिक राजदुत पनि हुनुहुन्छ। 

महिला सशक्तीकरणको हेतुमा काम गर्ने रहर, अन्तर्राष्ट्रिय स्तरको प्रयोगात्मक शिक्षा अनि आफ्नै घरमा आमा दिदीबहिनीको क्रियाकलापको अनुकरणीय सोच सहित उदाएको महिनावारी शिक्षाको सामाजिक कार्य अस्विनको लागि जीवन परिवर्तनकारी भुमिकामा मोडियो। राष्ट्रिय युवा पुरस्कारबाट समाजमा उल्लेखनीय कार्य गरे बापत पुरस्कृत भएका अस्विन सुरुवाती दिनमा भोगेको दु:ख सम्झदा हालको प्रतिफल निकै राम्रो रहेको बताउछ्न् । 
महिनावारी र त्यसको चर्चा अनि हाम्रो सामाजिक अभ्यास सामान्यतया ठिक उल्टो छ। हामी अझै पनि खुलेर कुरा गर्न लजाउछौ। कुरा गरि हाले पनि अरु ब्यक्तिले कस्तो प्रतिक्रिया दिन्छ्न भन्ने एउटा त्रास प्राय हामी बिच रहिआएकोमा कुनै दुईमत छैन। यस्तै अनियमित तर अपरिहार्य बिषय: महिनावारीलाई ब्यबहारिक रुपमै भित्र्याउन गेट कलेजलाई सजिलो भने पक्कै थिएन । विभिन्न सीमान्तकृत, सामाजिक मान्यताले बन्चित अनि अवसरहिन पृष्ठभुमिको युवायुवतीलाई पुर्ण छात्रवृत्तिमा आतिथ्य सत्कारको ब्यबहारिक शिक्षा दिने संस्थामा महिनावारीको अनिवार्य कक्षा छ भन्दा अभिभावकलाई पनि परामर्शको जरुरत पर्ने देखियो। फरक प्रवृत्तिको तालिम त्यसमा पनि अनौठो शिक्षा प्रणाली हरकोहीलाई अचम्मित स्वतह पार्न सक्छ तर यसपश्चात् आउने प्रतिफलले कहिँलै निराशा नहुने गेट कलेजको सुरुवाती अभ्यासले पुष्टि गर्छ। 
सम्पुर्ण पर्यटकीय उध्योगलाई नै यो परिवर्तनकारी क्रान्तिको बाटोमा उतार्न प्रथम चरणमा विद्यार्थीबाटै संभावना रहेकाले पढाउने कार्यमै महिनावारी शिक्षा एउटा उत्त्म विकल्पको रुपमा छाएको छ। गेट कलेजबाट दिक्षित विद्यार्थीहरु सबै महिनावारी जस्तो महत्वपूर्ण बिषयमा खुलेर कुरा मात्र हैन वकालतनै गर्न सक्ने क्षमता वृद्धि गर्दा थप बौद्धिक तथा मनसिकमनोबल उच्च रहने गरेको छ। यसले ब्याक्तित्व बिकाशमा पनि अतुलनीय सहयोग पुगेको छ। यस्तो समाज परिवर्तनकारी कार्य गेट कलेजमा मात्र सिमित नभएर सम्पुर्ण शैक्षिक संस्थाको पाठ्यसामग्रीमा कुनै न कुनै परिचयको रुपमा प्रस्तुत गर्दा महिला पुरुष समान अनि महिला सशक्तीकरणको अगुवाईमा थप टेवा पुग्ने अस्विन कार्की बताउछ्न् ।

Comments

  1. Great start, more to go on this topic in different sectors

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Fabulous Story - Srijan Budha Magar

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

FAB School - A sense of pure hospitality vocational training