नदेखेको सपना पनि खुशीको साहारा बन्यो - पुर्ण यात्रा
माछापुच्छ्रे गाउँपालिका, कालिमाटि जहाँ बाट मार्दी हिमालको शिर भेटिन्छ त्यहीँ मुलको पानी पिउदै हुर्केका पुर्ण भक्त दहाल जसलाई प्रेम भनेर पनि पोखराको होटल तथा रेस्टुराँको बजारले चिन्दछन् सायद केही गर्छु भन्ने सोच र हौसला नहुदो हो त सबै कुरा कथा जस्तो हुन्थ्यो होला।
एउटा सामान्य बर्गको परिवारमा हुर्केका दहाल सानै देखि लाउरे बन्ने सपना देख्दै गर्दा, आज एउटा होटलको सेफ बन्नुको छुट्टै अनुभव सुनाउनहुन्छ । उमेरले १८ पुग्दा भिडेको लाउरेको असफलता र त्यहि चोट बोकेर मेटलको पनि काम सम्झिदै जीवनको सुरुवाती बेकरी तालिमले कता कता आगाडिको यात्रा अलमलिएको हो कि पनि लागेको रमाइलो पल सम्झन्छन्।
बाबाले बिदेश जानु बरु लगानि गर्दिन्छु तर स्वदेशमै केही गर्न सकिन्न भनेर भनेको त्यो दिन सम्झिदा, १६० रुपैयाँ एकदिनको खेत जोतेर पाएको ज्याला आफैले गुजारा गरेर पोखरा झरेको हिजो जस्तो लाग्छ। सायद बाबाको असहयोग पनि मेरो जीवनमा आफै केही गर्नु पर्छ एउटा भन्ने तितो पाठ थियो जस्ले गर्दा केही आटे केही बन्न वा पाउन सकिन्छ भन्ने मनोबल प्राप्त भयो।
बेकरीको पेशामा केही समय अनुभव बटुल्दै सुस्तरी आगाडी बढेका मेरा पाइला, एउटा साथीको होटल पो राम्रो हुने हो कि भन्ने सल्लाहमा कान्तिपुर होटल ट्रेनिङको तालिम पश्चात् पोखरा ग्र्याणमा काम गर्ने मौका मिल्यो। तर जिबिको नै चल्न गार्हो हुने देखे पछि मैले त्यो तालिम पूरा नगरी अन्यत्र जाने निधो गरे। थुप्रै दिन चाउचाउ खाएर बाचेको नमिठो यथार्थ सम्झिदा गलत बाटो हिडेर भाग्यले ठग्यो कि जस्तो पनि अनुभव गरे। तर समय बदलियो सानो तिनो होटल अनि आफन्तको कुनै न कुनै किसिमको सहयोगले वाटर फ्रन्टमा काम गर्ने मौका मिल्यो। त्यस भन्दा अगाडि वैदेशिक रोजगारीमा जाने भिडमा एक पटक आफुलाइ पनि हौसाउने प्रयास त गरे तर बिफल भयो।
काम गर्ने वातावरण र आफ्नो इच्छा समान हुदा मैले ४ वसन्त काम गरेको पत्तै पाइन । सिकेको सबै सीपलाई बिश्वास गरि आफ्नो छत्रछायामा मेरो आगाडीको बाटो लिला सेफले देखाइदिनु भयो। जीवनयात्रा सबै कुरा मिल्दै जादा बैबाहिक जीवनको अनुपम सुख पनि संगै जोडियो। आगडिको यात्रामा थप उर्जा मिल्यो। रानिबन आर्केडको अनुभवी समय र त्यसपस्चात लेकसाइड रिटृटको मीठो मायाले मौका बारम्बार आउदै आएको लाई छोड्न हुन्न भन्ने बलियो सोच मेरो परिपक्वता परिक्षा बन्यो र अन्ततः सफलताको एउटा स्वाद पनि चाखियो। सम्झिदै गर्दा मेरो पाककलाको अनुभवमा होस्टेमा हैसे गर्ने राजकुमार लामा सेफलाई पनि सम्झिन चाहन्छु।
सिकेको सीप जागिर खान मात्र मापन हुँदै थियो गेट कलेजमा राष्ट्रिय पाककला प्रतियोगिता आयोजना हुने जानकारी पाए । थोरै आफ्नो र धेरै अरुको हौसलामा प्रतियोगितामा होमिएको मैले गण्डकी प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भए। सायद मेरो जीवनको एउटा स्मरणीय क्षण जस्ले मेरो अनुभव मात्र हैन अगाडि बढ्ने हौसलामा थप मसला मिल्यो। हाल आफुले सिकेको कुरा गेट भोकेशनल फ्याब स्कुलमा युवा भाइबहिनीलाई सिकाउने महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न पाएको छु। विभिन्न अवस्थाले पढ्नबाट बन्चित युवा जसलाई हातमा सीप दिएर केही गर्न हौसला दिदा मेरो कक्षामा हरेक पढाईले मेरो बिगतको सम्झनाको झझल्को दिइराखेको हुन्छ। मलाई यो स्थान सम्म उकाल्ने र थप नयाँ आयाम दिने बिबेक पौडेल सरलाई मनै देखि आभार प्रकट गर्न चाहन्छु।
यो सबै कुरा र बिगतका अनुभव एउटा पाटोमा, तर मैले जीवनमा सिकेको अमुल्य पाठ भनेको चाहिँ "हामी जस्तो सुकै स्थानमा आज होलाउ तर आफ्नो अस्तित्व र हैसियत भुल्न हुँदैन किनकि सोहि व्यबहारले अरु थप सफलताको शिखरमा अगाडी बढ्न सहयोग गर्ने रहेछ" यहीँ बाटोमा हिड्दा मेरो अग्रज, शुभ चिन्तक र मार्गदर्शकको कुनै कमि छैन। दु:खबाट सुरु भएको मेरो यात्रा थुप्रै बाधा अड्चनका बाबजुद पनि अरु थुप्रै भविस्यको सम्भावित सफलता चुम्न सफल हुन्छ भन्ने पुर्ण बिश्वास आफुमा भरिपुर्ण छ।
पुर्ण भक्त दहाल (प्रेम)
मुख्य सेफ- द लेकसाइड रिटृट
सेफ प्रशिक्षक- गेट भोकेशनल फ्याब स्कुल
Lu badhai cha purna prem gi lai
ReplyDelete