उत्पादनमा महिलाहरूलाई सहयोग गर्नको लागि सीप विकास परियोजना प्रशिक्षण- रारा बायोटेक

 पोखरा- स्थानिय जडिबुटी र त्यस्को औषधी गुण को बारेमा स्थानिय कृषक तथा विद्यार्थीहरुलाई एक दिने तालिम पोखरामा सम्पन्न भएको छ । रारा बायोटेक संस्था मार्फत यस तालिमको सहजिकरण मा गेट भोकेशनल फ्याब स्कुलको सहयोगमा बिभिन्न तालिम लिदै गरेका विद्यार्थी तथा स्थानिय कृषक हरुलाई जडिबुटी र त्यस्को औषधी गुणको बारेमा तालिम तथा प्रशिक्ष्ण दिने कार्यक्रम सम्पन्न भयो । 


गाउँ घर मा पाइने बिभिन्न जडिबुटिको पहिचान तथा त्यस्को बैज्ञानीक गुण र त्यस्को प्रयोगात्मक बिशेषताको बारेमा प्रशिक्षणमा सहजीकरण गर्दै रारा बायोटेकको संस्थापक सुमिना कार्कीले प्रशिक्षार्थीहरुलाई बिभिन्न कार्यशालामा सहभागी गराउनु भयो। 


पौराणिक बिशेषता बोकेको रैथाने जडिबुटीहरुलाई थुप्रै कारणले पुषतान्तरण नगरेको अनुभव बताउदै हाल युवामा यस्तो ज्ञान र शिपको जानकारी अन्त्यावस्क्यक रहेको कार्कीले बताउनु भयो। प्रशिक्षणको क्रममा प्रशिक्षार्थी द्वारा आफ्नो घर गाउँमा पहिले पाइने र बिभिन्न उपचारमा प्रयोग हुने जडिबुटीको छलफल भयो । 


आत्मनिर्भर्ता र राम्रो आर्थिक श्रोतको पाटो बन्न सक्ने यस जडिबुटी सम्बन्धी उध्योग, थुप्रै बिकाशउन्मुख देश हरुले आफ्नो अनुसन्धान मार्फत हाम्रो ठाउँमा पाउने जडिबुटीको आधुनिक प्रबिधीबाट उत्पादन सुरु गरिसकेको तर हार्मो आफ्नै घर खेतमा पाउने कुरालाई हामीले अपहेलना गरेको कुराले निराश बनाउने कुरा पनि कार्कीले गर्नु भयो। 


आगामी दिनमा बिभिन्न क्षेत्रमा उध्यमशिल कृषि ब्यवसाय होमिन चाहनेहरुको लागि आवश्यक परमर्श, बिउ बितरण तथा उत्पादित जडिबुटीको ब्यबस्थापनको नैतीक जिम्मेवेरी सहित रारा बायोटेकले सम्पूर्ण सहयोग गर्ने जनाउनु भएको छ। माटो, हावा र प्राकृतिक दृष्‍टिकोणको समिश्रण मिल्ने जडिबुटी उत्पादनमा सहयोग पुराएर स्थानियलाई आर्थिक समुन्न्नतको बाटोमा पुर्याउने रारा बायोटेकको योजना रहेको छ। 



Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

Fabulous Journey - Teju Bhandari

A Volunteer Journey to FAB School from the UK