अहिम्सात्मक संचार एउटा पृथक प्रयास

 हामीले जीवनमा अनेकौ काम गरिरहेको हुन्छौ तर हामीले बोल्ने बचन, गर्ने व्यबहार अनी देखाउने प्रबित्ती फरक पृष्‍ठभुमीमा फरक अभ्यास गरिरहेको हुन्छौ। यस्तै सम्पूर्ण प्रयासलाई आत्मासाथ गर्न नसकेपनी बोलिने त्रवर तरिकामा केही रोचक परिवर्तन भने पक्कै गर्न सकिने रहेछ। यस्तै प्रयासको एक प्रत्यायसी अनी अहिम्सात्मक संचारको अभ्यासकर्ता श्री राम तिमील्सिना गेट भोकेशनल फाय्ब स्कुलको सोही प्रकृयाको प्रशिक्षक हुनुहुन्छ। 


बिभिन्न क्षेत्र अनी जीवनको बास्तविकतामा नयाँ शिप सिक्न आएका विद्यार्थीको समुहलाई बोलिचालीको ढाचा परिवर्तन सँगै आफुले बोल्ने शब्द र त्यस्को भावनात्मक बौद्धिकतालाई उदार रुपले प्रयासरत गराउने हेतुले हरेक विद्यार्थीलाई जीवनउपयोगी सिप र कलाको नौलो कक्षा श्री राम तिमील्सिना द्वारा नियमित रुपमा लिदै आइएको छ। 


समग्रमा, सुधार्नु पहिले सम्बन्धको बिकाश, सम्बधबाट सहकार्य, द्वन्दबाट सम्बन्ध जस्ता रोचक बिषयमा विद्यार्थीको ब्यक्तित्व बिकाश अनी ब्यबस्थापनको प्रयासमा लाग्दै गर्दा जीवनको ठुलै परिवर्तनकारी भूमिका खेलेको अनुभव तिमील्सिना बताउनु हुन्छ। अहिले युवा उमेर अवस्थाको विद्यार्थीलाई अहिम्सात्मक संचार जस्तो बिषयमा कक्षा सन्चालन गर्दा उलेख्निय प्रगती विद्यार्थीको र अतुलनिय समय बचत शैक्षिक संस्था हुनेमा दुईमत रहेन। 


स्वयम विद्यार्थीहरुले यस्तो कार्यक्रम तथा तालिमले आफ्नो मनोबल, आत्माबिश्वास बढ्नुको साथै पारीपक्क बनाउने पनि सहयोग पुर्याएको बाताएका छन। श्री राम तिमीलिसिनद्वारा अरु बिभिन्न तालिम पनि प्रदान गर्दै आउनु भएको छ। गेट भोकेशनल फ्याब स्कुलमा यस्तै तालिम तथा अनुभव बृदिको लागि संपर्क गर्न सक्नु हुनेछ। 

Comments