नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको तालिम

नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय पोखराको कर्मचारीलाई सचिवालय प्रशिक्षण कार्यक्रम अन्तर्गत व्यवसायिक शिष्टाचारको शीर्षकमा पोशाक, खानपान तथा सभा सम्मेलन शिष्टाचार विषयमा एक दिने कार्यशाला सम्पन्न भयो।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक श्री किरण पण्डित ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गेट भोकेशनल फ्याब स्कूलको महा प्रबन्धक श्री विवेक पौडेल द्वारा कार्यक्रमलाई सहजीकरण गरिएको थियो।
पोशाक सम्बन्धी जानकारी, लगाउने त्रौतरिका अनि कार्यक्रम लक्षित विशेष पोशाकको ज्ञानका साथै सभा सम्मेलनमा हुँदा चाहिने आवश्यक प्रक्रिया, प्रणाली र सँगै खानपिन सम्बन्धी शिष्टाचारको बारेमा कार्यशाला केन्द्रित थियो। 

सम्पूर्ण उपस्थित कर्मचारीलाई यस तालिम तथा अभिमुखकरण कार्यशालाले आगामी दिनमा विभिन्न कार्यक्रममा सहभागी हुँदा अपनाउन पर्ने शिष्टाचारको राम्रो अभ्यास हुने कुरामा विश्वस्त हुन पाएकोमा खुशी व्यक्त गर्दै निर्देशक पण्डित ज्यूले शुभकामना तथा धन्यवाद प्रदान गर्नु भयो। 

Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

The Kite without a thread

Fabulous Journey - Teju Bhandari