बिदेशी पाहुनाले पकाए नेपाली खाना !!

पोखरा। विगत लामो समय देखि आतिथ्य सत्कार तथा पर्यटन क्षेत्रमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै आएको गेट भोकेशनल फ्याब स्कूलले विश्वका विभिन्न देशका पाहुनाहरुलाई निम्तो दिएर थुप्रै कार्यक्रमहरु संचालन गर्ने गरेको छ। 
फ्याब स्कुलले पाहुनालाई आमन्त्रण मात्रै हैन यहाँ नेपाली खाना तथा संस्कारको महत्व झल्कने बिभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। 
अन्तराष्ट्रिय पाहुनालाई नेपाली खाना पस्किने मात्र हैन कि नेपाली खान बनाउन पनि सिकाउने उद्देश्यका साथ यस्ता कार्यक्रममा जोड दिने गरेको छ। उपस्थित विद्यार्थीको हकमा पर्यटन उद्योगमा जानु अघिनै वास्तविक पाहुनाको स्वागत र सेवा गर्न पाउने अवसरले पछिको दिनमा व्यवसायिक कौशलता अझै अर्को स्तरमा सुधार हुने गरेको छ। 
नेपाल आएर यहाको पर्यटन तथा संस्कृति मा उल्लेख्य योगदान दिन पाएकोमा अन्तराष्ट्रिय पाहुना धेरै खुशी हुने कुरामा दुई मत नैं छैन। 

गेट भोकेशनल फ्याब स्कूलको यस्तै उदाहरणिय कामको निरन्तरता दिने ऊर्जा अझै हौसाउन विभिन्न संस्था, होटल र रेस्टरेन्टहरु सधैं सहयोगको लागि तत्पर छन्। फ्याब स्कूलले हाल सा ३०० भन्दा बढी निम्न तथा आर्थिक, सामाजिक दृष्टिकोणबाट पिछडिएको वर्गको बिद्यार्थीलाई छात्रवृत्तिमा व्यावहारिक शिक्षा सहित रोजगारीको सुवर्ण अवसर प्रदान गर्दै आएको छ। 

Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

A Volunteer Journey to FAB School from the UK

Fabulous Journey - Teju Bhandari