ठुलो उपलब्धी हरु सानो काम बाट- खेम लकाइ !

जुन सुकै दल या संस्था ले  राज गरुन, सानो तर दिर्घकालिन असर् राख्ने, आँफैले गर्न सक्ने काम पनि नगरेर हामी पछी परेका हो कि।  सायद् हामी जनतापनी लघुस्मरण (short memory) को शिकार भए जस्तो लाग्यो। कुन शाशक ले मौका पाएनन? सबै को एकै दशा, राम्रो भन्दा हाम्रो चहिने, हाम्रोलाई शक्ती दुरुपयोग गरी दाम बनाउनु पर्ने, एक थरी बिचौलिया हरेक सरकार को समिप।   अनी दोश जती उनी त राम्रै हुन तर उनका सल्लाह्कार, आसेपासे गतिला भएनन आदी इत्यादी ...।असल नेत्रित्व आँफैले राम्रो नराम्रो, सहि गलत फरक देख्ने, निर्णय लिने, र सानो घेरा बाट उठेर समग्र राष्ट्रको दुरगामी सोच राख्ने, गलत गर्ने प्रती कठोर निर्णय लिन सक्छ।  

यो महामारी पछी झन गम्भिरतापुर्बक कार्य सम्पादन नगरे, मुलुक झन ठुलो संकटमा पर्न सक्ने भय हाम्रो मनमा हुन सान्धर्भिक होला। भ्रस्टाचार होलान तर, दोशिलाई संस्थागत रुपमा उन्मुक्ती दिने कारण निराशा देखिनु स्वभाविक हो।  

१. सबैलाई थाहा छ बर्तमान असान्धर्विक, परम्परागत शिक्षा ले युवा बेरोजगारी बढ्दै छ, तर त्यस्को बिकल्पमा द्रुतगतिमा ब्यबसायिक तथा प्राबिधिक रोजगारमुलक शिक्षा सर्बसुलभ बनाउने रणनिती र गम्भिरता? 

२. मानव सम्शाधन बिकास को निमित्त कुन मन्त्रालय र बिभाग छ  कुन्नी? मानव सम्साधन बिकास बिना हाम्रो जस्तो मुलुक प्रतिस्पर्धी हुनै कठिन नहोला र? 

३. आधारभुत सरसफाइलाई निती नै बनाएर हरेक तप्कामा कार्यन्वयन गर्न पनी त सकिएला हैन र?  यसो गरे भबिश्यमा आउन सक्ने महामारिबाट पनि जोगिएला, पर्यटक् आँफै नेपाल को प्रबर्धन गर्नेछन।

४. बिस्वबिद्यालय भनेको नवप्रबर्तन र ज्ञान, शिप श्रीजना गर्ने थलो हुन, हरेक अन्बेशण यस्तै पवित्र स्थल बाट हुने गर्दछन, तर हामीले यस्तो पवित्र स्थल लाई राजनिती गर्ने थलो मात्र बनाइराख्नु पनि हाम्रो सबै भन्दा ठुलो दुर्भाग्य हो। 

५. अन्तमा प्रक्रिती बिना हाम्रो अस्तित्व असम्भव छ, यस्को तिब्र दोहन भएको अवस्थामा हाम्रो अगाडि प्राकृतिक बिपत्ती पनि आउलान, तशर्थ यस महामारिलाई अवसर सम्झेर हाम्रा भबिस्यका निती हरु बनुन। 

बन्दोबन्दी बिचार
खेम लकाइ 
गेट कलेज, काठमाडौं 

Comments