नेपाल राष्ट्र बैंकको कार्यालय सहायक स्तरको कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय सहायक र रिस व्यवस्थापनको तालिम सम्पन्न


नेपाल राष्ट्र बैंकको कार्यालय सहायक तहको सम्पूर्ण कर्मचारीलाई व्यवसायिक शिष्टाचारको शीर्षकमा कार्यालय व्यवस्थापन तथा रिस व्यवस्थापनको एक दिने तालिम सम्पन्न भएको छ। 

विगत लामो समय देखि कार्यरत कर्मचारीलाई यस्तो व्यवसायिक तालिमले थप उर्जा दिनुको साथै उच्च मनोबल पनि प्रदान गर्ने कुरा तालिमको प्रशिक्षक विवेक पौडेलले जानकारी दिनु भयो।

कार्यालयमा गरिने दैनिकी कामको सहजता तथा कौशलता पूर्वक सम्पन्न गर्ने अनुभव प्रशिक्षण लिने मौका मिलेकोमा सम्पूर्ण प्रशिक्षार्थी कर्मचारी निकै खुशी रहेको कुरा अधिकांश कर्मचारीबाट व्यक्त भयो।

यस एक दिने तालिममा कार्यालयको विभिन्न कार्य शैलीको कौशलता का साथै क्रोध अनि रिस व्यवस्थापनको शीर्षकमा रहेर कार्यक्रम सम्पन्न भयो। 

Comments

Popular posts from this blog

Fabulous Journey from Eastern Nepal to Global Food Trendsetter- Nabin Chamlagain

Graduation- Third Batch GATE Vocational FAB School, Pokhara

A Volunteer Journey to FAB School from the UK