महिनावारी मैत्री स्कुल जहाँ पुरुषले अनिवार्य शिक्षा लिन्छन् !
गेट भोकेशनल फ्याब स्कुल, पोखराको एउटा नौलो गन्तव्य बन्दैछ। लाग्न सक्छ स्कुल अनि गन्तब्य कसरी? हजुर, एउटै छाना मुनि आतिथ्य सत्कारको लागि चाहिने सम्पुर्ण शिक्षा दिने संस्था जस्ले सामाजिक उत्तरदायित्वको बेजोड नमुना प्रस्तुत गर्दैछ। तर यसमा महिनावारीको शिक्षा त्यो पनि अनिवार्य अनि पुरुष विद्यार्थीले लिन्छन् भन्दा अलि अचम्म लाग्न सक्ला। तर ब्यबहारिक शिक्षा जसमा महिनावारीलाई एउटा सामुहिक कार्यको अनुपम प्रस्तुति दिन खोजिदै छ आफैमा निकै महत्वाकांक्षी कक्षा छ। एउटि युवती महिनावारी हुँदा उस्ले गर्ने दैनिकीमा कार्य क्षमतामा ह्रास आउने र समुहमा काम गर्दा यस्तो अवस्थामा नतिजा फितलो पक्कै हुन्छ। त्यही अवस्थामा यदि सोहि समुहको पुरुष साथिले महिलाको प्राकृतिक पिडा बुज्न सफल हुदा एक ब्याक्तीले अर्को ब्यक्तिलाई गर्ने व्यबहार बाहेक समुहगत नतिजामा नै असर पर्ने देखिन्छ। यस्तै उदाहरणीय कार्यलाई ब्यबहारिक रुपमै उतार्न महिनावारी शिक्षा तथा यसको प्रबर्द्धनमा जुटेका पोखराका युवा अस्विन कार्की गेट भोकेशनलका सामाजिक राजदुत पनि हुनुहुन्छ। महिला सशक्तीकरणको हेतुमा काम गर्ने रहर, अन्तर्रा...